काठमाण्डौँ । सरकारले बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले डा. कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको समितिले कोइरालाको नाम त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस गरेको थियो।
डा. कोइराला यसअघि शहीद गंगालाल हृदय केन्द्रका निर्देशक र शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक भएका थिए।
सिफारिस पर्नेमा डा. भगवान कोइराला सहिथ धर्मकान्त बास्कोटा र चन्द्रमणि पौडेल थिए ।
त्रिविको उपकुलपतिका लागि सिफारिस तीन जना मध्ये कोइरालाको नाम पहिलो नम्बरमा थियो भने बास्कोटा र पौडेलको नाम क्रमशः दोस्रो र तेस्रो नम्बरमा रहेको थियो ।