काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद बैठक सरकारी निवास बालुवाटारमा बसेको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था कमजोर भएर दुई दिन ग्राण्डी अस्पतालमा दुई पटक हेमोडायलासिस गरेर फर्किएका थिए । त्यसपछि उनले निवासमै मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । प्रधानमन्त्रीले बोलाएको बैठक आइतबार १२ बजे पछि सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई आफ्नो स्वास्थ्यका बारेमा व्रिफिङ गर्ने छन् । यसअघि हिजो बसेको नेकपा सचिवालय बैठकमा पनि प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्था, उपचार बारेमा व्रिफिङ गरेका थिए ।
मन्त्रिपरिषद बैठकपछि आइतबारै सचिवाल बैठक पनि बस्नेछ र अगामि मंसिर १४ मा हुने उपनिर्वाचनाका लागि उम्मेदवार टुंगो लगाउने तय भएको थियो । तर सचिबालय बैठकको समय भने तय भइसकेको छैन ।
शनिवार बसेको बैठकले उम्मेदवारको टुंगो नलगाएका कारण आज बस्ने बैठकले यसबारे निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए ।