|  

विश्व नै कोरोनासंग जुधिरहेका बेला बैज्ञानिकहरुले गरिदिए फेरी यस्तो चमत्कार

२३ फाल्गुन २०७६, शुक्रबार ०९:३० प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ ।  गत वर्षको अन्त्यमा चीनको वुहान शहरबाट शुरु भएको कोरोनाको संक्रमण फैलाउने दुई प्रजातिका भाइरस पत्ता लागेको चिनियाँ वैज्ञानिकहरुले जनाएका छन् ।

बेइजिङको पेकिङ विश्वविद्यालय, शाङ्घाई विश्वविद्यालय र चिनियाँ विज्ञान प्रतिष्ठानका वैज्ञानिकहरुले गरेको शोधअनुसार कोरोनाका भाइरसका दुई प्रजाति पत्ता लागेको हो ।

१०७ वटा नमूनाको अध्ययनपछि वैज्ञानिकहरुले यस्तो निष्कर्ष निकालेका हुन् । वैज्ञानिकहरुले यी दुई प्रजातिको नाम ‘एल’ र ‘एस’ राखेका छन् । वैज्ञानिकहरुका अनुसार कोरोना भाइरसको ‘एल’ प्रजातिले अत्यन्त तीब्र गतिमा संक्रमण फैलाउने गर्छ । वैज्ञानिकका अनुसार सर्वप्रथम जनावरबाट मानिसमा ‘एस’ प्रजातिको कोरोना भाइरसको संक्रमण देखा परेको थियो ।

विश्वमा कोरोना संक्रमित मध्ये ७० प्रतिशतमा ‘एल’ प्रजातिको कोरोनाभाइरस पाइएको उनीहरुको भनाइ छ । यद्यपि संक्रमणको प्रकोप बढ्दै गएको अवस्थामा ‘एल’ प्रजातिको भाइरसको सक्रियता कम हुँदै गएको र समयसँगै ‘एस’ प्रजातिको भाइरस भने बढ्दै गएको उनीहरुको भनाइ छ ।

यसैबीच कोरोना भाइरसको महामारीले संसारभरका झन्डै तीस करोड विद्यार्थी प्रभावित भएका छन्। भाइरस संक्रमणबाट जोगाउन संसारभरका विभिन्न ठाउँका स्कुल बन्द भइरहेका छन्।

बुधबार इटालीका स्कुल बन्द भए भने अमेरिकाले पनि बन्द हुने चेतावनी दिएको छ। केही साताअघिसम्म कोरोनाको उद्गम देश चीनका स्कुल मात्रै बन्द थिए। भाइरस द्रुत गतिमा फैलिएसँगै बुधबारसम्म २२ देशका विभिन्न क्षेत्रमा स्कुल बन्द भएका छन्। दक्षिण कोरिया, इरान, जापान, फ्रान्स, पाकिस्तान लगायतले विद्यार्थीलाई हप्ता वा महिनासम्म छुट्टि दिएका छन्।

चीनपछि यो महामारीले इटालीमा धेरै असर पुर्‍याएको छ। त्यहाँ मार्च १५ सम्म स्कुल बन्द हुने अधिकारीहरूले बताएका छन्। जापानमा पनि आगामी अप्रिलसम्म सबै स्कुल बन्द गर्ने भनिएको छ।

कोरोनाका कारण अमेरिकामा अहिलेसम्म दस जनाको मृत्य भएको छ। समस्यालाई मध्यनजर गर्दै अमेरिकाका विभिन्न राज्यले स्कुल आपतकालीन बन्द गरिएका घोषणा गरे। पछिल्लो समय लस एन्जलसले अभिभावकहरूलाई स्कुल बन्द भएको जानकारी गराएको हो भने वासिङटन र न्युयोर्क धेरै स्कुल बन्दै भइसके।

यसरी द्रुत गतिमा स्कुल बन्द हुँदा धेरै विद्यार्थी, शैक्षिक संस्थालाई असर पुग्छ। स्कुलले परिवार, समुदाय र सम्पूर्ण अर्थ व्यवस्थाका लागि संरचना र समर्थन दिएको हुन्छ। यसरी हप्तौं वा महिनौं स्कुल बन्द हुँदा केटाकेटी र समुदायलाई ठूलो असर पुग्छ।

‘बच्चाहरू भनिरहेका हुन्छन्– अब कहिले बाहिर खेल्ने? कहिले स्कुल जाने?,’ घरमा दुई महिना थन्किएपछि दुई छोरीले प्रश्न गर्न थालेको हङकङमा सुरक्षाकर्मीका रूपमा कार्यरत गावो मेंगसियनले बताइन्। अन्य देशका विद्यार्थीमा यसको असर झनै चिन्ताजनक छ। कोही कलेज भर्नानिम्ति आवश्यक अध्ययन कक्षा छुटाइरहेका छन् भने केही गणित लगायत विषयमा पछाडि पर्ने जोखिम छ।

बालबालिका घरमै हुने भएकाले अभिभावकले पनि उनीहरूको हेरचाह निम्ति आफ्नो पारिश्रमिक खर्चिरहेका छन्। केहीले भने कोरोना भाइरसले असर नपारेका स्थानमा आफ्ना बालबालिका भर्ना गराइरहेका छन्। शैक्षिक सत्रको अन्त्यतिर अन्य ठाउँ पुग्नुपर्दाको झमेला विद्यार्थीले भोगिरहेका छन्।

‘मसँग कुनै तथ्यांक त छैन तर लामो समय स्कुल बन्द हुनुले अर्थतन्त्रमा असर पुग्छ,’ वासिङटनस्थित पेटर्सन इन्टिच्युट फर इन्टरर्नेसल इकोनोमिक्समा कार्यरत जेकब किर्केगार्डले भने। हङकङगमा गावोजस्ता परिवारले आफ्नो स्थिति सुधारका निम्ति धेरै संघर्ष गरेका छन्। ४८ वर्षीय गावोले आफ्ना छोरी हेर्नकै निम्ति काम छाडिन् र घरेलु काममा खर्चिइन्।

उनी हप्ताको एक पटक बाहिर काम गर्छिन् र आफ्ना दस र आठ वर्षीय छोरीलाई समय दिन्छिन्। उनीहरूलाई अनलाइन कक्षामार्फत् सहयोग गर्छिन्। तै कति समय अलमल हुन्छ र छोरीहरू पनि दिक्क हुन्छन्। फ्रान्सकी ३९ वर्षीय जुलिया बोर्साडको समस्या गावोकोभन्दा फरक छैन। आफ्नो छोराको छुट्टिपछि उनको दैनिकी परिवर्तन भयो। अचेल छोरालाई पढाइमा सघाउँदै उनको दिन बित्छ।

सरकारले गावो र जुलियाजस्ता परिवारलाई सहयोग पुर्‍याउन नखोजेको होइन्। जापानले यस्ता आमाहरू काम गर्ने साना उद्योग र कम्पनीलाई उनीहरू बिदा बस्दा भएको घाटा बेहोर्न आर्थिक सहयोग गरिरहेको छ। फ्रान्सले पनि आफ्ना केटाकेटी हेर्ने कोही नभएको खण्डमा पारिश्रमिकसहित १४ दिन छुट्टि दिने प्रतिबद्धता जनाएको छ।

स्कुल बन्द हुँदा विद्यार्थी र अभिभावकसँगै समाजका अन्य क्षेत्रमा पनि व्यापक असर परेको छ। जापानका स्कुलले दिँउसोको खाजा बन्द गरिसकेका छन्, जसले किसान र वितरक प्रभावित भएका छन्। हङकङमा धनीका परिवारले आफ्ना बालबालिकालाई विदेशी स्कुल भर्ना गराएपछि घरेलु सहयोगी बेरोजगार भइरहेका छन्।

यद्यपी, स्कुल र सरकारी निकायले विद्यार्थीलाई घरैमा पढ्ने वातावरण तयार पार्न खोजिरहेका छन्। इटालीले एउटा वेबपेज नै बनाएको छ जहाँ शिक्षकले भिडिओ र तयारी पाठ सामग्रीमार्फत पढाउन सक्छन्। मंगोलियाले टेलिभिजनमार्फत् कक्षा सञ्चालनमा ल्याएको छ। इरानले बालबालिकाका अनलाइन सामाग्रीलाई निःशुल्क बनाएको छ।

विद्यार्थीले अनलाइनमार्फत शारीरिक शिक्षा पनि लिइरहेका छन्। तर यसको अफलाइन यथार्थ फरक छ। चीनमा बलियो इन्टरनेट संकेत खोज्दै शिक्षक र विद्यार्थी आफ्नो छत र छिमेकीका घर हिँडिरहेका तस्बिर सामाजिक सञ्जालहरूमा फैलिएको थियो। चिनियाँ पत्रिकाका अनुसार मंगोलियाका एक मान्छे राम्रो इन्टरनेट संकेतका लागि बसाइँ नै सरे।

अझै पनि घरायसी काम र बालबालिकाको स्याहारमा महिला नै अग्रपंक्तिमा भएकाले यसको धेरै असर महिलाकै दैनिकीमा परिरहेको छ। ‘स्कुल बन्द गर्नु ठिकै हो, तर यसको ठूलो मूल्य चुकाउनुपर्छ,’ इटालीकी टाग्लियाबेले भनिन्, ‘हामीजस्ता आमाहरूलाई सरकारले केही गर्नुपर्ने हो। एक हिसाबले भन्दा हामी पनि क्वारेन्टाइनमा बसिरहेका छौं।

यस्तै आफुलाई विश्वको विकसित मान्ने देशले देखाएको व्यवहारले सबैलाई हैरान बनाएको छ । लण्डनमा एक २३ वर्षीय चिनियाँ मूलका नागरिकमाथि हा तपा त गरिएको छ । सिङ्गापुरका नागरिकमाथि सां घा तिक हमला भएको खबर बाहिर आएको छ । जोनाथन मोकले आफूमाथि कोरोना भाइरस सम्बन्धी र ङ्ग भेदी आ क्रम ण भएको आरोप लगाएका छन् ।

आ क्रम णपछि उनको अनुहारमा ग म्भीर चो ट लागेको तस्बिर बाहिर आएको छ । जोनाथन मोकले सोमबार आफ्नो फेसबुक पोष्टमा यसबारे जानकारी दिँदै आफूलाई लण्डनको राजधानीमा अवस्थित अक्सफोर्ड स्ट्रिटमा रहेको व्यस्त सपिङ क्षेत्रमा समूहमा आएका केही व्यक्तिले आ क्र मण गरेको जानकारी दिएको कुरा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा आएको छ ।

उनले भनेका छन्, ‘एक व्यक्तिले मलाई ला त्ती हा न्दै भने, ‘म तेरो देशको कोरोना भाइरस हाम्रो देशमा चाहन्नँ’ भन्दै अर्को मु क्का हा नि हाले । उनको मु क्का ले मेरो नाकबाट र गत ब गिरहेको थियो ।’

उक्त आ क्रम णका कारण उनको अनुहारका केही हड्डीसमेत भाँ च्चि एको र यसका लागि श ल्यक्रि याको आवश्यकतासमेत पर्नसक्ने डाक्टरले उनलाई बताएका छन् । लण्डनको महानगरीय प्रहरीले एक वक्तव्य जारी गर्दै उक्त आ क्रम णको अनुसन्धान थालिएको जानकारी दिएको छ । प्रहरीका अनुसार, ‘यसमा आ क्रम णकारीको पहिचान गरिँदै छ ।

सिसिटीभी फुटेजको अनुसन्धान पनि गरिँदै छ,’ पुलिसले आफ्नो वक्तव्यमा जानकारी दिएको छ । ‘अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन ।’ जोनाथनले आफू यसअघि पनि आफूविरुद्ध र ङ्गभे दी टिप्पणी गरिएको जानकारी दिएका छन् ।

त्यस्तै कोरोनाभाइरसबाट मृत्यु हुने मानिसको संख्या ३२ सय ५४ पुगेको छ। ८४ वटा मुलुकमा कोरोनाको संक्रमणबाट ९५ हजार १ सय ८४ जना मानिस संक्रमित भएका छन् । कोरोनाबाट चीनमा सबै भन्दा बढी २९ सय ८१ जनाको मृत्यु भएको छ । त्यहाँ ८० हजार २ सय ८२ मानिस संक्रमित भएका छन् ।

चीन बाहिर १४ वटा मुलुकमा २ सय ७३ जनाको मृत्यु भईसकेको छ । २ सय ७३ मध्ये ६ जनाको डायमण्ड प्रिन्सेस नामक जाहाजमा मृत्यु भएको छ । चीन बाहिर सबैभन्दा धेरै इटालीमा १ सय ७ जनाको मृत्यु भएको छ । त्यहाँ एकैदिन २८ जना संक्रमितको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको हो ।

मृत्यु हुनेको संख्या १ सय ७ पुगेसँगै इटालीका सबै बिद्यालयहरु अनिश्चिकालका बन्द गरिएको बीबीसीले जनाएको छ । इटालीमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ हजार ८९ पुगेको छ । इरानमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ । थप १५ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ९२ पुगेको हो । त्यहाँ २९ सय २२ जनामा संक्रमण देखिएको छ ।

दक्षिण कोरियामा ३५ जनाको मृत्यु भएको छ । संक्रमित हुनेको संख्या अहिलेसम्म ५६ सय २१ छ । अमेरिकामा अरु २ जना संक्रमितको समेत मृत्यु भएपछि कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । अरु १ सय ५८ जना संक्रमितको अवस्था पनि गम्भिर नै रहेको बताइएको छ ।

जापानमा ६ जना, फ्रान्समा ४ जना, हङकङ, स्पेन, इराक र अष्ट्रेलियामा २/२ जनाको मृत्यु भएको छ । थाइल्याण्ड, सनमारिनो, फिलिपिन्स र ताइवान १/१ जनाको मृत्यु भएको छ । चीनबाहिर १४ हजार ९ सय २ जनामा कोरोनाको संक्रमण देखिएको छ भने उपचारपछि घर फर्कने मानिसको संख्या ५१ हजार ४ सय ५४ छ ।

यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो पटक होली कार्यक्रममा सहभागी नहुने निर्णय गरेका छन् । भारत कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि प्रधानमन्त्री मोदी यो साल हुने कुनै पनि होली कार्यक्रममा सहभागी नहुने भएका हुन् । प्रधानमन्त्री मोदीलाई चिकित्सकहरुको एक टोलीले कोरोना भाइरसबाट बच्न सल्लाह दिएसँगै उनले यो निर्णय लिएका हुन् । भारतमा बुधबारसम्म कोरोना संक्रमितको संख्या २८ पुगेको छ भने संक्रमण भएको आशंका ७० जनालाई निगरानीमा राखिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यामहरुका अनुसार बुधबार मात्र भारतका आगरामा ६ जना, तेलंगाना र दिल्लीमा १–१ जना जयपुरमा इटलीका २ नागरिकमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । सम्भावित खतरालाई मध्यनजर गर्दैै दिल्ली सरकारले ३.५ लाख एन–९५ मास्कको व्यवस्था गरेको छ ।

भारतमा सबैभन्दा पहिले केरलामा ३ जनामा संक्रमित देखिएको थियो । यी तिनै जना अहिले उपचारपछि घर फर्किएका छन् । त्यसपछि आगरामा ६ जनामा संक्रमित भएको पाइएपछि उनीहरुलाई दिल्लीस्थित सफरदंग अस्पतालमा भर्ना गरिएको छ । यी सबै व्यक्तिको सम्पर्कमा आएकाहरुको अहिले व्यापक खोजी भैरहेको जनाइएको छ ।

त्यस्तै जयपुरमा इटलीका ६९ वर्षीया नागरिक एन्ड्री कार्लीलाई संक्रमित भएको पाइएको थियो । उनलाई ४ दिनपछि अस्पताल भर्ना गरिएको थियो । उनी लगायत २३ इटालियनलाई पनि दूतावासले निगरानीमा राखिएको जनाइएको छ ।

२३ फाल्गुन २०७६, शुक्रबार ०९:३०  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
बिमला बम ठकुरी
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

सल्लाहकार
पुष्प राज भट्ट

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल