यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |
कञ्चनपुर: शनिबार कञ्चनपुरमा टिप्परले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका– ४ बुटाबारीबाट बेलौरीतर्फ आउँदै गरेको म१ख८४९ नम्बरको टिप्परले ठक्कर दिँदा सोही नगरपालिका– ८ बस्ने सियाराम रानाका ९ वर्षीय छोरा आकाश रानाको मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका रानालाई उपचारकालागी धनगढी लगेकोमा साढे चार बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक बिन्द्रनाथ पौडेलले बताए।