कञ्चनपुर – विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम नियन्त्रणको लागि देशभर लक डाउन गरिएको समयलाई मध्यनजर गर्दै कोरना भाईरस (कोडिभ -१९) को संक्रमणका बेला गरिब, विपन्न मजदुर वर्गलाई राहतका लागि कञ्चनपुरको महेन्द्रनगरमा रहेको उदयदेव
बहुउद्देश्यीय सहकारी संस्थाद्धारा कृष्णपुर नगरपालिकालाई आर्थिक सहयोग गरेको छ ! बुधबार एक कार्यक्रमका साथ उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका कार्यालय प्रमुख गणेश चन्दले कृष्णपुर नगरपालिका नगरप्रमुख कर्ण बहादुर हमाल लाई ४० हजार रकमको बैंक चेक हस्तान्तरण गरेका छन् ।
आपतकालीन समयमा सहकारी संस्थाको तर्फबाट आएको आर्थिक सहयोगले महामारीको दु:खद घडिमा नगरपालिका क्षेत्रका गरिब, विपन्न समुदायलाई सहयोगका साथै राहत पुग्ने र यो समयमा सहयोग गर्ने सहयोगी संघसंस्था लगायत प्रती नगरप्रमुख कर्ण हमालले आभार प्रकट गरेका छन !