|  

भारतको मुम्बईमा नेपाली एकै परिवारका ६ जनामा कोरोना सक्रमण

२८ चैत्र २०७६, शुक्रबार ०९:५७ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


महेन्द्रनगर – अछामको चौरपाटी गाउँपालिका वडा नं.५ लुग्रा घर भई हाल मुम्वईमा बसोबास गर्दै आएका चेतमान खड्काको परिवार कोरोना भाईरसबाट संक्रमित भएका छन । खड्काले सार्वजनिक फेसबुकमा आफू, श्रीमति, भाई र भतिजा कोरोना भाईरसबाट संक्रमित भएको सार्वजनिक गर्नुभएको छ ।

चार जनाको अस्पतालमा उपचार भईरहेको छ भने उनका ६ जना परिवार क्वारेन्टाईनमा बस्दै आउनुभएको छ । चारै जनाको स्वास्थ्यमा सुधार हुँदै गएको पनि पारिवारिक श्रोेतले जानकारी दिएको छ । कोरोना भाईरसबाट संक्रमित भएको १० दिनपछि सामाजिक सञ्जामा मार्फत स्टास लेख्दै खड्काले आफू सहित आफ्नो परिवारले कष्टकर जीवन विताउनु पर्दा असह्रय पिडा वोध भएको लेख्नुभएको छ ।

मार्मिक स्टास लेख्दै्र खड्काले १० दिनको अस्पतालको बसाई १० वर्ष जस्तो भएको उल्लेख गर्नुभएको छ ।उहाँले कोरोना भाईरसबाट आफ्नो परिवारले कष्टकर जीवन विताउनु परेको उल्लेख गर्दै सवै नेपालीलाई सुरक्षित रुपमा बस्न आग्रह गर्नुभएको छ । उहाँले कोरोना भाईरसबाट बच्ने उपाए भनेको सुरक्षित रुपमा घरमा बस्नु अन्तिम विकल्प रहेको बताउँदै सरकारले जारी गरेको लकडाउनलाई पालना गर्न आग्रह गर्नुभयो ।

भारतमा पनि दिनप्रतिदिन सक्रमितको सख्या वढ्दै गएको वेला सम्पूर्ण भारत तथा नेपालमा बस्ने दाजूभाईलाई सुरक्षित रुपमा घरमा नै बस्न आग्रह गर्नुभएको छ ।

 

२८ चैत्र २०७६, शुक्रबार ०९:५७  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल