|  

नेपालमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ पुग्यो

३० चैत्र २०७६, आईतवार ०९:५९ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


हेटौंडा । बीरगञ्जमा उपचाररत तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । लगातार ६ दिनसम्म संक्रमण नदेखिएकोमा आज सातौ दिनमा नयाँ तीन व्यक्तिमा संक्रमणको पुष्टि भएको हो । यो संगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ । संक्रमितहरु धर्मगुरु रहेको बुझिएको छ । तीनै जना भारतीय नागरिक रहेको बताइएको छ ।

बिहीबार स्क्रीनिङको क्रममा उहाँहरुले आफू भारतबाट ४ महिना अगाडि नै नेपाल प्रवेश गरेको बताउनुभएको थियो । तर उनीहरु कहिले आएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हेटौंडामा परीक्षण गरिएको तीन वटा नमुनामा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।

हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीन जनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने छुट्याउन नसकेपछि थप निर्क्यौलका लागि नमुनालाई काठमाडौं टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । काठमाण्डौमा परिक्षण पछि पनि उहाँहरुलाई कोरोना पोजेटिभ भएको पुष्टि भएको छ ।

यद्यपी आधिकारीक पुष्टी भने सरकारले गरेको छैन । आधिकारिक घोषणा भोलि गरिने सामाजिक विकास मन्त्रालयका उच्च स्रोतले जानकारी दिएको छ । हेटौडाको परीक्षण केन्द्रमा तीन पटक परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ देखिएपछि तीनै जनाको पुन परीक्षणको लागि काठमाडौ पठाईएको कीटजन्यरोग अनुसन्धान केन्द्र वाग्मती प्रयोगशालाका निमित्त प्रमुख नारायण कार्कीले बताउनुभयो ।

उहाँहरुलाई शुक्रबार पर्साको वीरगन्ज महानगरपालिका छपकैयास्थित मस्जिदमा लुकेर वसेको अवस्थामा नियन्त्रणमा लिएर नारायणी अस्पतालको आइसोलेशन वार्डमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललिकुमार बस्नेतले जानकारी दिनुभयो ।

३० चैत्र २०७६, आईतवार ०९:५९  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल