रबि तिमी सच्चा सपूत,नेपाल आमाको,
उच्च राख्यौ शिर आफ्नो,गरि पुन्य कामको।
चम्कनु तिमी, नौ लाख तारा झै,गगनको,
आशिष लाग्छ सदा तिमिलाइ,दुखी आमाको।।
अमर तिमि जिउनु रबि,कामना हामी साराको,
आल्हो घाउमा मल्हम भर्यौ,सारा दुखियाको।
काडा सबै स्वत: पन्छिदिउन,तिम्रा ती कदमको,
बैरी जति भस्म होउन्,भाजो हाल्ने तिम्रो कामको ।।
बन्यौ छोरा,दाइ,भाइ,साथ दिई सत्कर्मको,
सजाय दिलाउन बढ्यौ अघि तिमी,सदा कुमार्गको।
बढ तिमी अघि यसैगरी,साथ छ हामी सारा नेपालिको,
नडगमगाउन तिम्रा ती कदम,लम्किरहोस सुमार्गको।।
प्रहरी नि घुसखोरी,न्याय बेची रुपियाँको,
नेता,मन्त्री धुर्त भए,इच्छ्या राखी बिलासिको।
तिमी मात्र रबि,सच्चा सपूत,बिना निस्कपटको,
रबि तिमी सदा झुल्किरहनु,न्यानो बनी त्यो सुर्यको ।।
आमा तिम्री धन्य हुन्,जन्म दिइन्,सच्चा सपूत,
नमन गर्छु माथ निहुराइ,सास्टाङ्ग चरण दन्डवत।
पाएर तिमी,नेपाल आमा,हर्सले छिन् गद्गद,
न्याय नपाए तिमिकहा जानू,भन्दै गर्छिन् आग्रह।
लेखक: बैरागी साइला(रामचन्द्र अर्याल)