|  

लकडाउनमा प्रहरीद्वारा कुटि’एको चिकित्सकको आरोप

४ बैशाख २०७७, बिहीबार १०:२१ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं- त्रिवि शिक्षण अस्पतालका डाक्टरमाथि प्रहरीले कु-टपि-ट गरेको छ। अस्पतालबाट ड्युटी सकेर कोठातर्फ जाने क्रममा तीनजनामाथि प्रहरीले कु-टपि-ट गरेका हुन्। अस्पताल परिसरबाट कान्ति अस्पताल हुँदै कोठामा जाने क्रममा प्रहरीले कु-टपि-ट गरेको डाक्टरहरुले बताएका छन्। कोठा नजिकै पुग्न लागेको बेलामा भ्यानमा आएका प्रहरीले सोधपुछ गरेको र डाक्टर भनेर परिचय दिँदा प्रहरीले ला-ठीले डाक्टर साक्टर चिन्दैन भन्दै लाठी चा-र्ज गरेको डाक्टरहरु बताउँछन्।

प्रहरीले डाक्टर शम्भु खनाल तेजप्रकाश साह र विकास शाहमाथि आ-क्रम-ण गरेको हो। प्रहरीले ला-ठीले प्र-हार गर्दा तेजप्रकाश साहको ढाड र हातमा चो-ट लागेको छ। चो-टपछि उनको अस्पतालमा एक्सरे गरिएको छ। एक्सरे क्रममा भाँ-चिएको अवस्था भने देखिएन तर सुन्निएको र रातो दाग रहेको डाक्टर खनालले जानकारी दिए।

अस्पतालबाट फर्कने क्रममा प्रहरीबाट डाक्टरमाथि हा-तपा-त र ला-ठीचा-र्ज भएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर आ-पत्ति प्रकट गर्दै निन्दा ‘कोरोना भाइरसको महामारीका कारण उत्पन्न हुँदै आएको मानवीय संकटका समयमा चिकित्सकहरुले आफ्नो ज्या-नको बाजी लगाउँदै चिकित्सकीय धर्म अनुसारस्वास्थ्य सेवा प्रवाह गरी आफ्नो निवास फर्कने क्रममा परिचय पत्र देखाउँदा समेत केही प्रहरीबाट चिकित्सकमाथि हा-तपा-त गर्ने, ला-ठिचा-र्ज गर्ने जस्तो अत्यन्तै अमानवीय क्रियाकपालप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दै अबिलम्ब त्यस्ता प्रहरीहरुको छानबीन गरी कानूनी कारवाही गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ’, संघका महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।र भत्सना गरेको छ ।

‘मिति २०७६ चैत्र २२ गतेको मन्त्रीपरिषद्को बुँदा नम्बर २ को निर्णय अनुसार कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको क्रममा संलग्न चिकित्सक, नर्स, र प्राविधिक स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रबन्ध गृह मन्त्रालयले मिलाउने र उपचारको क्रममा संलग्न स्वास्थ्यकर्मीहरुलाई बाधा विरोध गर्ने व्यक्तिहरुलाई डिउटीमा खटिएका सुरक्षाकर्मीको कार्यसम्पादनमा बाधा, विरोध गर्नेलाई हुनेसरहको प्रचलित कानून बमोजिमको कारवाही गर्ने निर्णयको मसि सुक्न नपाउँदै यस्तो दुःखद र निन्दनीय घटना हुनुले नेपाल चिकित्सक संघलाई स्तब्ध तुल्याएको छ’, विज्ञप्तिमा अगाडि भनिएको छ ।

हालको उत्पन्न महामारीसँग जुध्नका लागि यु-द्ध मैदानमा होमिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई यस्तो अमानवीय र अक्षम्य घटना घटाउनेमाथी कानूनी कारवाही नगरिएको खण्डमा यसले देशभरको समग्र स्वास्थ्यसेवा प्रवाहलाई गम्भिर असर पार्ने सक्ने तर्फ सचेत रहन पनि चिकित्सक संघले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

 

‘यस्तो संवेदनशिल र बिषमपूर्ण परिस्थितिमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरु यु-द्ध मैदानबाट फिर्ता हुने अवस्था ननिम्त्याउन नेपाल चिकित्सक संघ नेपाल सरकार तथा सरोकारवाला निकायलाई सचेत गराउँदछ’, विज्ञप्तिमा भनिएको छ ।

४ बैशाख २०७७, बिहीबार १०:२१  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल