|  

पर्यटन प्रवर्द्धनका लागि ‘सप्तरङ्ग २’ टिम महेन्द्रनगर आउदै

२९ कार्तिक २०७६, शुक्रबार ११:५३ प्रकाशित
नरेश महरा

समसामयिक विषयमा कलम चलाउने महरा खोज संग्रह डट्कम का सम्पादक हुन् ।


महेन्द्रनगर,२९ कात्तिक -पर्यटन प्रवर्धन र समुन्नति’ केन्द्रित सांगीतिक महायात्रा ‘सप्तरङ्ग’ को दोश्रो चरण कार्तिक महिनाको अन्त्यबाट सातै प्रदेशमा सुरु भएको थियो ।

यसै क्रममा प्रदेश ७ लाई नेतृत्व गर्दै नेपाल आइडल बिजेता रबी ओड सङ्गै अरु ६ जना कलाकार आज कात्तिक २९  महेन्द्रनगर आउने भएका छन् । भोलि शनिबार महेन्द्रनगरको खुलामञ्चमा हुने कार्यक्रमको तयारी पुरा भएको कार्यक्रमका व्यवस्थापक तथा यस क्षेत्रका व्यापारी एंवम समाजसेवी करन पालले जानकारी दिनु भएको छ !

गत वर्ष सातै प्रदेशमा सफलतापुर्वक पहिलो चरणको कार्यक्रम पहिलो सिजनमा सद्भाव र ऐक्यवद्धतालाई केन्द्रमा राखेको थियो ।

सिजनका लागि अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओड छन् ।

सप्तरङ्ग का सातै कलाकार लाई साँझ ४ बजे कलाकारहरुलाई महेन्द्रनगरको ट्राफिक चोक, नेपाल दूर सञ्चार, मेनलाइन हुँदै नगर परिक्रममा गराइने जानकारि पाल ले दिनु भएको छ !

यस्तै सप्तरङ्ग कार्यक्रमको प्रचार प्रसार स्वरुप कृष्णपुर नगरपालिकाले सौजन्य गरेको सडक ब्यानरहरु कृष्णपुर नगरपालिका २ बाणी बजार मा पनि लगाइएको जानकारी सामाजिक अभियन्ता गणेश रावत ले दिनु भएको छ !

२९ कार्तिक २०७६, शुक्रबार ११:५३  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल