|  

लकडाउनमा दैनिक व्यायम गर्दै राजेश हमाल

२५ बैशाख २०७७, बिहीबार ०९:५३ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौ :- नेपाली चलचित्रका चर्चित नायक राजेश हमाल अहिले सामाजिक संजालमा निकै सक्रिय छन् ।कुनै समय मोबाइल पनि नबोक्ने यी नायकलाई अहिले सामाजिक संजालको नशाले राम्रैसँग छोएको छ ।

नायक हमाल लकडाउनको समयमा घरमा छन् । उनी हरेक दिन सामाजिक संजालमा कुनै न कुनै तस्वीर र भिडियो अपलोड गरिरहेका हुन्छन् ।

 

नायक हमालले विशेषगरि सामाजिक संजालमा लकडाउनको समयमा आफूले व्यायम गर्दै गरेको तस्वीर र भिडियो बढी पोष्ट गरेका छन् ।

लकडाउनको समय आफूलाई फिट राख्नको लागि र आफ्नो स्वस्थ्यलाई ख्याल गर्दै नायक हमाल निरन्तर व्यायम गर्दै आएका छन् । हरेक दिन बिहान व्यायम गर्ने कुरामा मात्र होइन, उनी खानेकुरामा पनि उत्तिकै सजग छन् ।

हमालको यो मेन्टेनबाट अहिलेका युवाहरुले धेरै कुरा सिक्न सक्छन् । नायक हमालको व्यायमले पक्कै पनि उनका शुभचिन्तकहरुमाझ गज्जबको छाप छाडेको हुनुपर्छ । ( अनलाइन खबर )

२५ बैशाख २०७७, बिहीबार ०९:५३  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल