|  

कोरोना पोजेटिभ देखिएकी सुत्केरीको मृ’त्यु’मा अनुसन्धान हुँदै, गाउँ र माइतिघर सिल गरिँदै

३ जेष्ठ २०७७, शनिबार १९:३४ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौस्थिति शिक्षण अस्पतालमा सुत्केरी भई घर फर्किएकी सिन्धुपाल्चोककी एक २९ वर्षीया महिलाको के कारणले निधन भयो भन्ने विषयमा अनुसन्धान भइरहेको मन्त्रालयका प्रवक्ताले बताएका छन्।

वैशाख २३ गते अस्पताल भर्ना भएकी उनले भोलिपल्ट बच्चा जन्माएको र वैशाख २५ गरे घर फर्किएकी थिइन्। “घरमा गइसकेपछि ज्वरो श्वासप्रश्वासमा समस्या लगायतका शारीरिक समस्या भएपछि उहाँले स्थानीय अस्पतालमा उपचार गराउनुभएको कुरा हामीलाई जानकारीमा आएको छ,” देवकोटाले भने।

“स्थिति जटिल बन्दै जाँदा थप उपचारका लागि धुलिखेल अस्पताल आउँदै गर्दा उहाँको निधन भएको खबर हामीले पाएका छौँ। यस सम्बन्धमा हामीले विस्तृत विवरण लिइरहेका छौँ र कोभिड-१९ सँग सम्बन्धित थप परीक्षणहरू भइरहेका छन्। उनका अनुसार ती परीक्षण र अन्य विवरण प्राप्त भइसकेपछि मात्र मन्त्रालयले आधिकारिक रूपमा कोभिड-१९ सँगको सम्बन्धित निधन हो वा हैन भनेर निर्क्योल गरेर बताउनेछ।

यसै क्रममा सुत्केरी भाइरसको कोरोनाले निधन भएपछि स्वास्थ्य मन्त्रालयले धुलिखेल अस्पतालसँग छलफल गरेको छ। बिहीबार राति करिब १० बजे निधन भएकी महिलाकोबारे डा. गुणराज लोहनीको नेतृत्वमा डा. दिपेन रमण सिंहसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली धुलिखेल अस्पताल पुगेको हो। उनीहहरु छलफल गरेको फर्किएका छन्।

निधन भएको खबर लगतै महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ । उनको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे हो भने माइती गाउँ बलेफी गाउँपालिका हो । बलेफीको ७ र ८ वडालाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले पुष्टि गरेका छन् । अब ती वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न पाउने छैनन् ।

धुलिखेल अस्पतालमा जस्तै उनको घर र माइती गाउँको वार्डका मासिनलाई वाहिर जान र वार्डमा प्रवेश गर्न दिइने छैन । धुलिखेल अस्पतालमा कोरोनाको लक्षण देखिएकी २९ वर्षकी सुत्केरी महिलाको निधन भए पछि उच्च सतर्कता अपनाइएको हो । सुत्केरीलाई भेट्न उनका माइती गाउँका आफन्त महिलाको घर गएका थिए । त्यसैले माइती गाउँलाई पनि सिल गरिएको हो । त्यसका लागि सेना पनि परिचालन गरिएको छ । माइती र घरको वडावाट मानिसलाई भित्र जान र वाहिर आउन नदिनका लागि प्रहरीलाई सेनाले सघाउने छ ।

बाह्रबिसे स्वास्थ्य केन्द्रकी मेडिकल अधिकृत निशान्ता शर्माले सुत्केरीलाई घर लैजानुको कारणबारे थाहा नभएको बताइन्। ‘आर्थिक समस्या भएको भए रेडक्रसले नि:शुल्क एम्बुलेन्समा पठाउने जानकारी हामीले गराएका थियौँ,’ उनले भनिन्।

बाह्रबिसे नगरपालिका वडा नं ९ राम्चेका सचिव दुर्गा भण्डारीले सुत्केरी महिलाको परिवार जटिल आर्थिक समस्यामा नरहेको बताए। मृतक महिलाका श्रीमान् नेपाली सेना छाडेर अहिले सेक्युरिटी गार्डको काममा लागेको उनको भनाइ छ। ‘परिवारमा सासु, श्रीमान्, एउटा छोरा थिए। भर्खरै अर्को नवजात शिशु भर्खरै जन्मिएको भनेर काठमाडौंबाट आउनु भएको हो,’ उनले भने, ‘सुत्केरीलाई धेरै गाह्रो भएपछि अस्तपाल लगिएको हो।’

जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । महिला गर्भजाँच गराएको र सुत्केरी पछि पनि स्वास्थ्य जाँच गराएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ । १० दिन अघि शिक्षण अस्पतालमा सुत्केरी भएर घर गएकी महिलामा स्वास्थ्य समस्या देखिएपछि धुलिखेल अस्पताल लगिएको थियो । उनलाई स्वासप्रस्वासमा समस्या देखिएको र ज्वरो पनि आएको अवस्थामा अस्पताल लगिएको थियो । कोरोनाको लक्षण देखिएपछि स्वास्थ्यकर्मीले उनको स्वाव संकलन गरेर कोरोना परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो । उनको उपचारमा संलग्न ३ जना स्वास्थ्यकर्मीलाई पनि आइसोलेसनमा राखिएको छ ।

३ जेष्ठ २०७७, शनिबार १९:३४  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल