|  

खुशीको खबर ! कोरोना संक्रमण बाट आमा गुमाएका शिशुमा देखिएन कोरोना

५ जेष्ठ २०७७, सोमबार ११:२९ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । कारोना संक्रमणका कारण मृ’त्यु भएकी सिन्धुपाल्चोककी युवतीको नवजात शिशु र श्रीमानसहित परिवारका ५ सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा नवजात शिशु, महिलाका श्रीमानसहित परिवारका ५ सदस्यमा कोरोना संक्रमण नपाइएको धुलिखेल अस्पतालमा चिकित्सक डा. सुमनराज ताम्राकारले जानकारी दिए ।

वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा छोरा जन्माएकी महिला त्यसपछि सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् । त्यसपछि स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्था हुँदै उपचारका लागि धुलिखेल ल्याइएको थियो । बिहीबार उनको मृ’त्यु भएको थियो ।

५ जेष्ठ २०७७, सोमबार ११:२९  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल