|  

पेटमा बच्चा छैन भनेपछि नवराजका आमा र बहिनि आक्रोश हुँदै भने, औसधि खुवाएर फाले, तुरुन्तै परिक्षण हुनुपर्छ

२२ जेष्ठ २०७७, बिहीबार १३:१५ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


रुकुम जाजरकोट घटनामा मिडियामा विभिन्न कुरा आइरहँदा अहिले नवराज विकका सबै परिवारले सो घटनामा निष्पक्ष छानविनको माग राखेका छन् । घटनालाई राजनीतिकरण गरिन लागेको र तथ्यलाई अन्ते मोड्न लागेको भन्दै उनीहरुले निष्पक्ष छानविनको माग राखेका छन् । उनीहरुले युवती गर्भवती भएको फेरी दावी गरेका छन् । उनीहरुले ति युवती आफ्नो घरमा आउँदा युवतीले गरेको गतिविधिको बारेमा पनि केही कुरा बताएका छन् । नवराजका बहिनीहरुले आफुलाई पनि मैयाँ साहेव भन्दै सम्बोधन गर्ने गरेको पनि बताएका छन् ।

बहिनीहरु र आमाले युवतीको स्वास्थ्य परिक्षण गर्न पनि माग गरेका छन् । उनीहरुले नवराजलाई युवतीले नै आफु गर्भवती छु छिटो लिन आउ भनेर बोलाएका कारण नवराज लिन गएको दावी गरेका छन् । उनीहरुले युवतीको भाई र भाउजुले दिएको सार्वजनिक अभिब्यक्तिको खण्डन गरेका छन् ।

उनीहरुले घटनामा अझ धेरै संलग्न भएको भन्दै सबैलाई कारवाहीको भागीदार बनाउनुपर्ने माग गरेका छन् । घटनामा १८ जना मात्र पक्राउ परेको सुनिएको छ । दुई जना पक्राउ गर्न खोजिरहेको भन्ने सुनिएको छ । तर त्यती मात्र घटनामा संलग्न भएका होइनन् । करिब डेढ सय मानिसले ल’खेटेका छन् । त्यो घटनामा धेरै मानिस संलग्न छन् सबैलाई कारवाही गर्नुपर्छ ।

उनीहरुले यो घटनाका कारण लामो समय सम्म रिसिइवी हुने भएकाले घटनालाई खेलाची गर्न नहुने बताएका छन् । १९ जनालाई २० जनाले मात्र यति ठूलो घटना गराउन नसक्ने भन्दै दोहोरो झडप भएको भए रुकुमका पनि घाइेत हुनुपर्ने एका पट्टीका मानिस मात्र किन निधन भयो ? उनीहरुको प्रश्न छ ।

उनीहरुले भेरीमा आफै पसेको भए उनीहरु पौडिएर निस्कन सक्ने तर्क राखेका छन् । नवराजको आमाले फेरी पनि युवतीको गर्भ छ भने त्यो आफुहरुलाई चाहिने कुरा दोहोर्याएका छन् । उता युवतीको भाउजु र भाईले भने त्यसको खण्डन गरेका छन् ।

२२ जेष्ठ २०७७, बिहीबार १३:१५  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
बिमला बम ठकुरी
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

सल्लाहकार
पुष्प राज भट्ट

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल