|  

कोरोना संक्र,मण नियन्त्र’णका लागि हिमानी कोषले गर्यो फेरी यति ठुलो सह,योग !

२५ जेष्ठ २०७७, आईतवार ०८:०७ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं, । हिमानी कोषले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि विभिन्न संस्थाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै आएको छ । यही क्रममा शुक्रबार पनि कोषले बिभिन्न संस्था र क्षेत्रलाई स्वास्थ्य उपकरणहरु सहयोग गरेको छ ।

शुक्रबार हिमानी कोषलको कार्यालय बालुवाटारमा आयोजना गरिएको एक कार्यक्रममा स्वास्थ्य सामग्री उपल्ब्ध गराइएको हो । उक्त सामग्रीहरु प्रसुति अस्पताल थापाथली, सुदूरपश्चिमको गौरीफन्टा नाका र फोहरमैला संकलन केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जनाइएको छ ।

कोषले प्रसुति गृहलाई २ सय थान पीपीई र सोही मात्रामा केएन नाईन्टीफाइभ मास्क, स्यानिटाईजर, गौरीफन्टाको लागि एक सय थान पीपीई, पच्चीस सय थान सर्जिकल मास्क, ग्लोब्स तथा पन्ध्र सय कार्टुन पानी, फोहरमैला संकलन केन्द्रलाई दश थान पीपीई, दश÷दश थान सर्जिकल मास्क तथा युटिलिटी ग्लोब्स लगायतका सामग्री उपलब्ध गराइएको हो ।

कोषले यो भन्दा अगाडि पनि विभिन्न संस्थाहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

२५ जेष्ठ २०७७, आईतवार ०८:०७  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल