|  

नक्सा बिवादमा पुर्व भारतिय राजदुतले नै नेपालको पक्षमा बोलेपछि भारतमा खैलाबैला… ( हेर्नुस भिडियो)

३२ जेष्ठ २०७७, आईतवार ०७:२३ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


बीबीसी: पूर्वराजदूत सुदले नेपाल–भारत सीमा विवादमा चीनको कुनै प्रकारको भूमिका रहेको भन्नेमा आफूलाई विश्वास नलागेको बताए । ‘यो विवादमा चीनको कुनै भूमिका छ त ?’ भन्ने प्रश्नमा सुदले भने, ‘म यो फैसला (नेपालले नक्सा जारी गरेको) मा उसको (चीनको) भूमिका देख्दिनँ ।

किनकि चीनले यो सीमा (कालापानी, लिपुलेक, लिम्पियाधुरा) को मुद्दामा नेपाललाई कहिल्यै साथ दिएको छैन ।’ उनका अनुसार चीन र भारतबीच भएका सम्झौताहरु स्मरण गराउँदै सुदले सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाँदा चीन र भारतबीच भएको सम्झौतामा चीनले उक्त भूभाग भारतकै मानेको उल्लेख गरे । लिपुलेक भारतकै रहेको मानेर चीनले भारतसँग सीमा व्यापार सम्झौता गरेको उनको भनाइ थियो ।

त्यसैले पनि नेपालले चीनको इशारामा नक्सा जारी गरेको भन्नेमा आफूलाई विश्वास नलागेको उनले बताए । उनले अब दुई देशका अधिकारी (विदेशसचिव) स्तरमा नभई राजनीतिक स्तरमा छलफल हुनुपर्ने खाँचो औंल्याए । ‘अधिकारीस्तरमा वार्ताको गुञ्जायस अब कम भएको छ,’ उनले भने, ‘यसलाई राजनीतिक स्तरमा हामीले लैजानु पर्छ ।’

३२ जेष्ठ २०७७, आईतवार ०७:२३  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल