|  

प्रचण्डलाई प्रधानमन्त्री बनाउन काठमाडौंमा ‘ रअ’ को चुरिफुरी बढ्यो !

२१ असार २०७७, आईतवार १८:१८ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं। भारतीय अतिक्रमणमा परेको नेपाली भूमि कालापानी, लिपुलेख र लिम्पियाधुराबाट भारतीय सैनिक हटाउँन प्रधानमन्त्री केपी शर्मा ओली चटानी अडानका साथ कुटनीतिक पहलमा लागेका छन्।

भारतीय पक्षलाई प्रधानमन्त्री ओलीको अडान पटक्कै मन परेको छैन। यतिबेला ओली भारतीय पक्ष र आफ्नै पार्टीभित्र राजनीतिक घेराबन्दीमा परेका छन्। प्रचण्ड, माधब नेपाल लगायतका नेताहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा मागिरहेका छन्। पछिल्ला दृश्यले नेकपा फुटको संघारमा पुगेको समेत चर्चा–परिचर्चा सुरु भएको छ।

ओली घेराबन्दीमा परेका बेला काठमाडौंमा भारतीय गुप्तचर संस्था ‘रअ’ का अधिकारीहरुले नेकपा नेताहरु एकठाउँमा ल्याउँन माहोल बनाइरहेका छन्। गुप्तचर अधिकारीहरु उपत्यकामा सक्रिय भएको स्रोतको दाबी छ। उनीहरुसँग प्रचण्ड, नेपाल निकट नेता र प्रतिपक्षी नेताहरु ‘रअ’का अधिकारीको संवाद लागेको खुलासा भएको छ।

पछिल्लो दिल्ली चाहाना प्रधानमन्त्रीमा प्रचण्डलाई बनाउँने हो। भारतीय संचारमाध्यमहरुका अनुसार प्रचण्ड अब केही दिनमै नेपालको प्रधानमन्त्री बन्ने छन्। संचारमाध्यमहरुका प्रस्तुतिबाट पनि प्रस्ट हुन्छ कि – प्रचण्डलाई प्रधानमन्त्री बनाउँन भारत सक्रिय छ।

२१ असार २०७७, आईतवार १८:१८  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल