|  

लकडाउनमै “डोलि” चढ्दै गायक नवराज (भिडियो)

२५ असार २०७७, बिहीबार २१:५० प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


महेन्द्रनगर – युवा पुस्ताका लोकप्रिय गायक नवराज कलौनीको लय तथा शब्द संकलन रहेको नयाँ गीत सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक “ डोलि ” बोलको गितमा नव गायक सुरेश भट्टको सुमधुर आवाज रहेको छ।

नव गायक भट्टको स्वरमा उनको पहिलो म्युजिक भिडियो डोली चढेर सार्वजनिक भएको हो । उनले यस अघि दर्जनौँ नेपाली तथा हिन्दी गितहरुमा गितार कभर म्युजिक भिडियो बनाई सकेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा जन्मीएका भट्ट सानै देखि गित संगितमा रुचि राख्थे ।

मलाई सानै देखि गित गाउन एकदमै मन प्रथ्यो’ नव गायक भट्टले भने यसअघि मैलै थुप्रै कभर गित बनाई सकेको छु, अहिले पहिलो गित सार्वजनिक गरेको छु ।’
गितारिष्ट समेत रहेका गायक भट्टले भावि दिनमा पनि संगित क्षेत्रमा लाग्ने योजना रहेको बताए ।

गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन् । गीतको अडियोसंगै भिडियो पनि एकदम उत्कृष्ट अनि आकर्षक बनेको छ। भिडियोमा अहिलेका चर्चित मोडेलमा सुवेश लेश र प्रशंसा परि फिचर्ड छन् । भिडियोमा सुवेशलेश र प्रशंसाको केमिस्ट्री गज्जबको देखिएको छ।

भिडियोलाई निर्देशन तथा कोरियोग्राफी विक्रम चौहान गरेका हुन भने त्यस्तै छायाङकन प्रकाश खड्का, सम्पादन मिलन विश्वकर्माले गरेका छन ।

कर्णाली पुलमा छायाङ्कन भएको उक्त म्युजिक भिडियो नेपालकै चर्चित ओयसआर डिजिटल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो।

२५ असार २०७७, बिहीबार २१:५०  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
बिमला बम ठकुरी
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

सल्लाहकार
पुष्प राज भट्ट

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल