|  

बर्दियामा थप १० जनामा कोरोना संक्रमण पुष्ठि

२ श्रावण २०७७, शुक्रबार १३:१६ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


सुमन मैनाली,बर्दिया हाल समयमा मुलुकभर कोरोना संक्रमणको कहर बढ्दो देखिन्छ । यसै सन्दर्भमा गत २४ घण्टामा भेरी अस्पताल प्रयोगशालामा गरिएको २५० जनाको परीक्षणमध्य २८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । उक्त संक्रमितमध्य १० जना बर्दिया जिल्लाका निवासी रहेको जानकारी गराइएको छ ।

बर्दियास्थित राजापुर गाउँपालिकाका-२ जना , गेरुवा गाउँपालिकाका-२ जना, ठाकुरबाबा गाउँपालिकाका-२ जना र मधुवन गाउँपालिकाका-४ जना गरि आज १० जना (१८ बर्ष – ५२ बर्ष ) नयाँ संक्रमित बर्दियामा भेटिएको बताईएको छ ।

यसैगरी मिति २०७७ असार ३१ सम्म बर्दियामा १९९ जना कोरोना पोजेटिभ देखिएको थियो भने आज थप १० जनामा संक्रमण पुष्टि भएसगैँ बर्दिया जिल्लामा कोरोना संक्रमितको संख्या २०९ पुगेको छ ।

२ श्रावण २०७७, शुक्रबार १३:१६  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल