|  

कालापानी पुग्ने सडकको रेक्की गर्न सेनाको टोली दार्चुला

२८ श्रावण २०७७, बुधबार १९:३४ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौ । महाकाली लोकमार्गको ट्रयाक खोल्ने जिम्मा पाएको नेपाली सेनाले रेक्कीको काम सुरु गरेको छ। महासेनानी रमेश गुरुङ नेतृत्वको सैनिक टोलीले मंगलबारबाट सडकको रेक्की सुरु गरेको हो।

दार्चुला सदरमुकाम खलंगादेखि तिंकर जोड्ने १२ वर्ष पुरानो सो सडकको एक सय ३४ किलोमिटर मध्ये निर्माण हुन बाँकि ८७ किलोमिटरको ट्रयाक नेपाली सेनाले खोल्ने छ। सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले महासेनानीको नेतृत्वको टोलीले मंगलबारबाट रेक्कीको काम सुरु गरेको पुष्टि गरे।

महेन्द्रनगरपोष्टसंगको कुराकानीमा उनले पहिलो चरणमा क्याम्प स्थापना र सर्भे डिजायनको काम भइरहेको बताए। स्थानीय तह तथा सडक डिभिजन कार्यालयसंग परामर्स गरी पहिलो चरणमा सदरमुकाममा रहेको दुर्गा बक्स गुल्म नजिकै क्याम्प स्थापना हुने र पछि आवश्यक्ता अनुसार थप स्थानमा क्याम्पहरु खडा गरिने प्रवक्ता पौडेलले जानकारी दिए। सैनिक टोलीले सडक निर्माणका लागि आवश्यक वन्दोवस्तिका सामान कसरी पुर्याउने लगायतका विषयमा अध्ययन गरिरहेको छ।

१२ वर्ष अघिदेखि सुरु भएको सो सडकको निर्माण अहिलेसम्म ४३ किलोमिटर मात्रै भएको छ। सुस्त गतिमा काम अगाडि बढेपछि यही वैशाख १४ गते बसेको मन्त्रिपरिषदको वैठकले सो सडकको बाँकि रहेको ट्रयाक खोल्ने काम सेनालाई जिम्मा दिने निर्णय गरेको थियो। सरकारको निर्देशन अनुसार सेनाले आर्थिक वर्ष ०७७/७८ देखि निर्माण सुरु गर्ने गरी काम अगाडि बढाएको हो।

यो सडक छाङरु हुदैं तिंकर पुग्नेछ। अहिले दार्चुलाका पश्चिमोत्तरका यी दुई गाउँमा मात्रै स्थानीयको बसोबास छ। छाङरु गाउँबाट कालापानी १४ किमी टाढा पर्दछ। तिंकर गाउँबाट नेपाल चीन सीमा तिंकर भन्ज्याङ हुदै तिब्बतको ताक्लोकाट पुगिन्छ। त्यहाँबाट मानसरोबार जाने परम्परागत मार्ग छ। कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालले आफ्नो नक्सामा पारेपनि ती ठाउँहरुमा नेपालीहरुको बसोबास छैन्। महेन्द्रनगर पोष्टवाट साभार

२८ श्रावण २०७७, बुधबार १९:३४  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल