|  

अब काठमाडौ प्रवेश गर्ने पर्नेछन् प्रहरीको फन्दामा, विहिवार ३ जना पक्राउ

२९ श्रावण २०७७, बिहीबार १४:४७ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौ । ज’बरजस्ती काठमाडौ छिर्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । रातीको समयमा आफुहरु काठमाडौ जान पाउनु पर्छ भन्दै भित्रन खोज्नेलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि नाकामा कडाई गरिएको छ । सबै जिल्लामा सवारी साधनका पास पनि बन्द गरिएको छ । अन्य जिल्लावाट काठमाडौ उपत्यका भित्रन दिइएको छैन । काठमाण्डौ छिर्ने मुख्य नाका नागढुंगाबाट काठमाडौ आउन खोजेका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

गएराति पौने ११ बजेतिर नागढुंगाबाट काठमाण्डौ प्रवेश गर्न लागेका नुवाकोट शिवपुरी गाउँपालिका २ का कमल तामाङ, सुर्खेतको गुर्वाकोट गाउँपालिका १ का बिक्की नेपाली र रुपन्देहीको बुटवल ११ का विशाल रसाईलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सरकारले यही १५ गतेदेखि बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म नाकाबाट प्रवेश गर्न नदिने निर्णय गरिसकेको छ । तर उनीहरुले काठमाण्डौ प्रवेश गर्न पाउनुपर्ने माग राखेर जबरजस्ती गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरुलाई अहिले महानगरीय प्रहरी वित्त थानकोटमा राखिएको छ । उपत्यकामा कोरोना बढ्न थालेपछि सरकारले रोकथाम तथा नियन्त्रणको लागि भन्दै कडाइ गर्न थालेको छ । सरकारी कार्यालयहरुमा पनी अत्यावश्यक काम बाहेक अन्य काम बन्द गरिएको छ । सवारी साधनमा पनि जोर विजोर लागू गरिएको छ ।

२९ श्रावण २०७७, बिहीबार १४:४७  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल