|  

बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय

१८ भाद्र २०७७, बिहीबार १८:५१ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सांसद बनाउने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निर्णयअनुरूप राष्ट्रिय सभा सदस्य गौतम सिफारिस हुने जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्रीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बैठकलाई जानकारी गराएको बताए । यसअघि अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभामा लैजाने कि गौतमलाई भन्नेमा पार्टीभित्र अन्योलता देखिएको थियो ।

प्रधानमन्त्री ओली खतिवडालाई नै निरन्तरता दिने पक्षमा रहेपनि अर्का अध्यक्ष प्रचण्डलगायतले गौतमलाई निरन्तरता दिनुपर्ने बताएका थिए । गौतमले पनि अहिले प्रतिनिधिसभा सदस्य बन्न अनुकल अवस्था नरहेकाले आफू राष्ट्रियसभामा जान तयार रहेको बताएका थिए ।

खतिवडा भदौ २० भित्र राष्ट्रियसभा सदस्य नबने मन्त्रिरिषदबाटै बिदा हुनेछन् । त्यसैले प्रधानमन्त्री ओली खतिवडालाई सदस्य चयन गर्न लागिपरेका थिए। राष्ट्रिय सभामा जाने उपाध्यक्ष गौतमको चाहनामा प्रधानमन्त्री ओलीबाहेक सिङ्गो पार्टीको साथ छ भने खतिवडाको पक्षमा प्रधानमन्त्री ओलीमात्र छन् ।

१८ भाद्र २०७७, बिहीबार १८:५१  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल