|  

ललितपुर महानगरभित्र शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू

१९ भाद्र २०७७, शुक्रबार ००:०७ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरपालिका रिङरोडभित्र शुक्रबार कर्फ्यू आदेश जारी गरेको छ।बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको ललितपुर प्रशासनका सूचना अधिकारी ललितकुमार बस्नेतले बताए।

उनका अनुसार कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि कर्फ्यू जारी गरिएको हो।

बिहीबार दिउँसो रातो मच्छिन्द्रनाथ रथ तान्न स्थानीयको भीड निस्केपछि झडप भएपछि साँझ सुरक्षा अधिकारीहरूको बैठक बसेको थियो। बैठकले सो निर्णय गरेको बस्नेतले बताए।

स्थानीय प्रशासन ऐन २०२८ अनुसार शान्ति सुरक्षा र अमनचयनमा बाधा पर्ने गरी गतिविधि देखिए कर्फ्यू लगाउन सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ।

‘कर्फ्यू बल्खु पुल, मनहरा पुलदेखि महानगरभित्रको चक्रपथ क्षेत्रमा कायम हुन्छ,’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने, ‘ललितपुर जिल्ला पूरै भन्ने हैन।’

विशेष गरी रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न स्थानीयहरू सयौंको संख्यामा निस्केपछि स्थिति काबुबाहिर जाने शंकाले प्रशासनले कर्फ्यू लगाएको हो।

कर्फ्यूको समयमा भेला, जम्मा, जुलुशलगायत गतिविधि हुन दिइँदैन। प्रेस, कूटनीतिक नियोग, सरकारी सवारीहरूलाई आवागमनमा बाधा पर्ने छैन।

१९ भाद्र २०७७, शुक्रबार ००:०७  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल