काठमाडौं, २१ भदौ । नायक नाजिर हुसेन र नायिका स्वस्तिमा खड्कासँग पत्रकार ऋषि धमलाले प्राइम टाईम्स टिभीको नियमित कार्यक्रम ‘जनता जान्न चाहन्छन् कार्यक्रम’ मा रमाईलो कुराकानी गरेका छन् । नायिका खड्काले लक’डाउनका कारण परिवारसँग समय व्यतित भैरहेको र आफू खुशी रहेको स्पष्ट पारिन् ।
यो बीचमा निश्चलसँगै बसेर चलचित्रहरु हेरेको पनि उनले जनाईन् । र, नयाँ चलचित्रको लागि स्क्रिप्टपनि अध्ययन गर्ने काम भैरहेको उनले बताएकी छिन् ।
कार्यक्रमको अन्त्यतिर पत्रकार धमलाले नायक हुसेन र नायिका खड्कालाई रोमान्सबारे सोधेका थिए । हुसेनले त आफूले जे काम गर्दा आनन्द आउँछ त्यही नै रोमान्स हुने जवाफ फर्काए । यतिकैमा नायिका खड्काले धमलालाई एउटा भन्दै सोधिन्,‘तपाईं नै भनिदिनुहोस न त, रोमान्स भनेको के रैछ त ? तपाई त एक्सपिरियन्स गरेको मान्छे ?’
अर्को समाचार, नेपाली अभिनेत्री निरिषा बस्नेत भारतीय टेलिश्रृङ्खलामा अभिनय गर्ने भएकी छिन्। ‘तेनाली रामा’ नामक हाँस्य टेलिश्रृङ्खलामा उनी चिनियाँ नागरिक ‘मोउ’को भूमिका निर्वाह गर्नेछिन्। उनी अभिनित अङ्कको प्रोमो सार्वजनिक भएको छ। जसमा निरिषा चीनको सांस्कृतिक पहिरनमा प्रस्तुत छिन्। चिनियाँ लवजमा हिन्दी भाषाको संवाद बोल्दै हुन्छिन्।
निरिषाले इन्स्टाग्राममा एक तस्विरसहित नयाँ भारतीय प्रोजेक्ट बारे जानकारी दिएकि छिन्। उनले मोउ पात्र निर्माण आफ्ना लागि चुनौतिपूर्ण रहेको जनाउँदै लेखेकी छिन्,’तर मैले यो भूमिकाका लागि गरेको मिहेनत शब्दमा व्याख्या गर्न सक्दिँन।‘ सोमवार र शुक्रवार सोनी सबबाट प्रशारण हुँदै आएको टेलिश्रृङ्खला तेलुगु कवि तेनाली रामाकृष्णको जीवनकथामा आधारित छ। उनी विजयनगर अदालतका अष्टदिग्गजमध्ये एक हुन्।
सन् २०१७ देखि टेलिश्रृङ्खलाको ७ सय ४६ अङ्क प्रशारण भइसकेको छ। भारतीय टिभी अभिनयमा निरिषाको यो पहिलो काम भने होइन। यसअघि उनले ‘चन्द्र नन्दिनी’मा पनि काम गरेकी थिइन्। उनले नेपाली फिल्म ‘जानी नजानी’मा काम गरेकी थिइन्। हाल उनी मुम्बईमा नै बस्दै आएकी छिन्।