|  

सुदूरपश्चिम पर्यटन तथा साँस्कृतिक महोत्सवको तयारी तिब्र- यसरी सजाइदै महेन्द्रनगर

९ पुष २०७६, बुधबार १२:०८ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


महेन्द्रनगर ! महेन्द्रनगरमा सुदूरपश्चिम पर्यटन तथा साँस्कृतिक महोत्सव हुन लागेको छ । ‘खोज संग्रह मिडियाको आयोजनामा ‘साँस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पादाको पहिचान । सम्बृद्ध र सुसंस्कृत समाज निर्माण हाम्रो अभियान ।’ भन्ने मुल नाराका साथ पुष दोस्रो सातादेखि महोत्सव हुन लागेको हो ।

महोत्सव हो तयारी तीब्र गति मा अगाडि बढ्दै छ हरेक बर्ष लाग्ने भए पनि यो बर्ष फरक उद्देश्यले लाग्ने छ कार्यक्रम को अनलाइन टिकट काटिने छ डिजिटल वालेट खल्ती एप मार्फत महेन्द्रनगर र देश का जुनसुकै ठाउँ बाट टिकट लिन सकिने कुरा आयोजक ले बताउनु भएको छ !

साथै खुल्ला मन्च क्षेत्र मा महोत्सव नसकिन्झेल सम्म फ्री वाइफाइ उपलब्ध गराइने छ र महोत्सव मा कुनै पनि नराम्रो क्रियाकलाप हुन नदिन सिसि टिभी जडान को काम पनि भैसकेको छ ! महोत्सव यही पुष ११ गते देखि २० गते सम्म कञ्चनपुरको खुलामञ्चमा लाग्ने छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले बेजोड प्रस्तुति दिने छन । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पुर्याउनुका साथै साना घर भएका नानीहरूको पठनपाठनमा सहयोगका लागि अक्ष्यकोष निर्माण गर्ने पबित्र उदेश्य लिइ महोत्सव आयोजना गर्न लागिएको खोज संग्रह मिडियाका प्रधान सम्पादक करन सिंह पाल ले जानकारी दिनु भएको छ !साथै महोत्सवमा उपस्थितिका लागि सम्पुर्णमा आयोजक ले अनुरोध गर्नु भएको छ !

गलत कार्यकै कारण नेपाली राहदानी कमजोर सूचीमा छ । यसलाई सुधार गर्न विभागमा छुट्टै प्रमाणीकरण शाखा (भेरिफिकेसन युनिट) बनाएर बाहिरबाट आएका आवेदन अनिवार्य ‘भेरिफिकेसन’ गर्ने तयारीमा जुटेको हो । विभागमा अहिले पनि शंका लागे प्रहरीसहितको फरेन्सी परीक्षण गर्ने इकाइ छ । यो इकाइलाई विस्तार गर्ने तयारी विभागले गरेको हो । गृह मन्त्रालय र परराष्ट्रबीच राम्रो समन्वय भए यो समस्या समाधान हुने अधिकारी बताउँछन् । परराष्ट्रलाई विभागले यसबारे जानकारी गराए पनि मन्त्रालयका अधिकारी छुट्टै इकाइको सट्टा बृहत् परीक्षणका लागि सम्बन्धित अधिकारी जिम्मेवार बन्नुपर्नेमा जोड दिन्छन् ।

गृह नागरिकता प्रमाणीकरणलाई बलियो बनाउनुपर्ने पक्षमा छ । नक्कली नागरिकतालाई दूतावास अधिकारीले स्वीकार गरिदिँदा अप्ठ्यारो आएको गृहको तर्क छ । नेपालले २०१० डिसेम्बर २६ देखि चार वर्ष लगाएर हस्तलिखित राहदानी विस्थापन गरेको थियो । त्यससँगै यो अवधिमा विभागले ६३ लाख ५० हजारभन्दा बढी एमआरपी वितरण गरिसकेको छ । दुईपटकको टेन्डरबाट ७० लाख एमआरपी छपाइ भएको थियो ।

‘राहदानीको मुख्य आधार नागरिकता÷नाबालक परिचयपत्र हो । नागरिकता÷नाबालिक परिचयपत्र नक्कली बन्न सक्ने हुँदा व्यक्तिगत विवरण राख्दा व्यक्ति स्वयं उपस्थित हुनुपर्छ’, विभागका महानिर्देशक रामकाजी खड्काले भने, ‘त्यही आधारमा अधिकारीले दूतावासबाट पठाउने हुँदा यसमा सचेत भएकै राम्रो हो । हामी आशंका लाग्दा बुझ्ने काम गरिरहेका छौं ।’

९ पुष २०७६, बुधबार १२:०८  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल