पोखरा : विराटनगर टाइटन्सले जारी पोखरा प्रिमियर लिग (पीपीएल) को प्ले अफमा स्थान बनाएको छ। बुधबार भएको लिग चरणको अन्तिम खेलमा बुटवल ब्लास्टर्सलाई ४ विकेटले पराजित गर्दै विराटनगर प्ले अफमा पुगेको हो। विराटनगरले नेट रनरेटका आधारमा काठमाडौँ गोल्डेन वारियर्सलाई पछि पार्दै प्ले अफमा स्थान बनाएको हो। टस जितेर विराटनगरले फिल्डिङ रोजेपछि बुटवलले पहिलो ब्याटिङ गरेको थियो।
बुटवलले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन जोडेको थियो। १३४ रनको लक्ष्य विराटनगरले १२.२ ओभरमा भेट्टाएको खण्डमा नेट रनरेटका आधारमा काठमाडौँलाई पछि पार्दै प्ले अफमा पुग्ने सम्भावना थियो। आक्रामक ब्याटिङ गरेको विराटनगरले ११.४ ओभरमै ६ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो। विराटनगरलाई जिताउने क्रममा नोमान खानले सर्वाधिक ३५ रन जोडे। त्यस्तै पुनित मेह्रा ३२ रनमा कमल खत्रीको बलमा क्याच आउट भए भने महम्मद जैद आलमले १० बलको सामना गर्दै २४ रन बनाए। विराटनगरलाई जित दिलाउन पुष्प थापाले नटआउट १८ रनको योगदान गरे। त्यस्तै लोकेश बमले ५ बलमा १३ रन बनाए।
बुटवलका लागि नितेश थापाले २ विकेट लिए। कमल खत्री र हर्ष टंकले समान १/१ विकेट हात पारे भने अबिनाश बोहराको नाममा १ विकेट रह्यो।यसअघि ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन जोडेको थियो। बुटवलका लागि हर्ष टंकले सर्वाधिक ६७ रन जोडे। त्यस्तै शिवम सिंहले ३७ रन बनाए भने कप्तान सिद्धान्त लोहनीले ११ रन जोडे। तर अन्य ब्याट्स्म्यानले भने उल्लेख्य रन जोड्न सकेनन्।
बुटवललाई सस्तैमा समेट्न विराटनगरका महम्मद जैद आलमले ४ विकेट लिए। त्यस्तै किशोर महतोले विकेट हात पारे भने दिपेश श्रेष्ठ र शहव आलमको नाममा १/१ विकेट रह्यो। फाइनल प्रवेशका लागि प्ले अफमा फेरि यिनै टोलीबीच बिहीबार प्रतिष्पर्धा हुनेछ। विजयी टोलीले शनिबार चितवन राइनोजसँग उपाधिका लागि भिड्नेछ। काठमाडौं : सरकारले झन्डै ११ बेरोजगार युवालाई सीपमूलक तालिम दिने भएको छ। तालिमपछि रोजगारीमा जान सक्ने, आफैं व्यवसाय सञ्चालन गर्न सक्षम बन्ने व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट)ले जनाएको छ।
इभेन्टले अनलाइनमार्फत आवेदन माग गरेको थियो। २६ हजार ३ सय ५९ आवेदकबाट १० हजार ९ सय ४१ जना छनोट गरिएको इभेन्ट परियोजनाका निर्देशक चन्द्रकान्त भुसालले बताए। ‘यो वर्ष तालिम दिनुपर्ने संख्या त ७ हजार ५ सय मात्रै हो। त्यति मात्रै छनोट गर्दा सबै जना आउँदैन कि भन्ने भयो’, उनले भने, ‘छानेजति आए भने पनि व्यवस्थापन गर्न हामीलाई अप्ठ्यारो छैन।’
तालिम तीन महिना अर्थात् ३ सय ९० घण्टाको हुनेछ। इभेन्टले पहिलो चरणमा सन् २०११ अगस्टदेखि २०१५ अक्टोबरसम्म यो परियोजना चलाएको थियो। दोस्रो चरणमा २०१७ सेप्टेम्बरदेखि सञ्चालित परियोजना सन् २०२२ जुलाईसम्म चल्नेछ। तालिममा छनोट युवालाई भृकुटीमण्डपमा भेला गराएर इभेन्टले अन्तक्र्रिया चलाएको छ। उनीहरूलाई भौचर (तालिमका लागि योग्य भएको प्रमाण) वितरण गरिएको छ। उनीहरूले रोजेको विषय र बजारको आवश्यकताअनुसार आफूलाई पायक पर्ने ठाउँमा तालिम लिन पाउनेछन्।
काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका तालिमप्रदायक संस्थामा मात्र तालिम लिनुपर्नेछ। इभेन्टले प्राविधिक तथा रोजगारप्रदायक संस्थामध्ये ५८ वटा छानेको छ। यिनै संस्थाले सोमबार तालिम लिन चाहने व्यक्तिलाई भौचर वितरण गरेका हुन्। तालिम पनि यी संस्थाले दिनेछन्। तालिममा १६ वर्षदेखि ४० वर्षसम्मका युवा सहभागी हुन पाउँछन्।
भौचर पाएकाहरूले ५८ संस्थामार्फत ३४ वटा पेसागत विषयमा तालिम लिनेछन्। अफ सिजन भेजिटेबल उत्पादक, असिस्टेन्ट ब्युटिसियन, असिस्टेन्ट वेटर, आर्क वेल्डर, आल्मुनियम फेब्रिकेटर, इन्डस्ट्रियल इलेक्ट्रिसियन, इन्डियन कुक, ईसीडी फेसिलेटर, कन्टिनेन्टल कुक, कम्युनिटी एग्रिकल्चर असिस्टेन्ट, कभ्युनिटी लाइभस्टक असिस्टेन्ट, कार्पेट वेभरसम्बन्धी तालिम दिइनेछ।
त्यसबाहेक कुक, चाइनिज कुक, जुनियर कम्प्युटर हार्डवेयर, टेक्निसियन, जुनियर प्लम्बर, टायल मार्बल फिटर, टेलरिङ, टेलिकम टेक्निसियन, डे«स मेकर, थान्का आर्ट, फेसन डिजाइनर, बार्बर, बिल्डिङ इलेक्ट्रिसियन, एनिमल हेल्थ वर्कर, मोबाइल रिपेयर टेक्निसियन, मोटरसाइकल सर्भिस मेकानिक्सलगायत विषयमा पनि तालिम दिइनेछ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत रहेको इभेन्टले विश्व बैंकको आर्थिक सहयोगमा यो परियोजना सञ्चालन गर्दै आएको छ। यो कार्यक्रम सुविधाविहीन समूहका दलित, लोपोन्मुख, अति सीमान्तकृत तथा सीमान्तकृत, आदिवासी जनजाति र गरिबप्रति लक्षित छ। रोजगारप्रदायक संस्थाले तालिम लिएकालाई पहिलो चरणमा तीन महिना र दोस्रो चरणमा तीन महिना रोजगारीको सुनिश्चितता गराउनुपर्ने इभेन्टले जनाएको छ।