|  

अभिनेता जय प्रकाश रेड्डीको मृत्यु

२३ भाद्र २०७७, मंगलवार १४:०९ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


एजेन्सी । तेलेगु फिल्मका अभिनेता जय प्रकाश रेड्डीको मृत्यु भएको छ । मंगलबार बिहान रेड्डीको आन्द्र प्रदेश स्थित आफ्नै निवासमा मृत्यु भएको हो । उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ । उनको ७४ वर्षको उमेरमा मृत्यु भएको हो ।

हास्यप्रधान तथा खलनायक चरित्रका लोकप्रिय रेड्डीको मंगलबार आफ्नै निवासमा हृदयघातबाट निधन भएको हिन्दुस्थान टाइम्सले जनाएको छ। उनी रेडी, समरसिम्हा रेड्डी तथा प्रेमिनचुकुंदम रा जस्ता सिनेमाका लागि चर्चित छन्।

उनले सन् १९८८ ‘ब्रह्मापुत्र’ सिनेमाबाट आफ्नो करियर सुरू गरेका थिए। अन्तिमपटक उनले सन् २०२० मा रिलिज भएको ‘सरिलरू निकेवरू’ सिनेमामा काम गरेका थिए। तर, पनि त्यसको १० वर्षपछि उनी लोकप्रिय हुन थालेका थिए ।

त्यो फिल्मको सफलता पछि उनले पछाडी फर्केर हेर्नु परेको थिएन ।रेड्डीलाई भाषाका विज्ञका रूपमा समेत चिनिन्छ । उनी तेलेगुमा बोलिने सबै भाषामा पोख्त थिए ।

खलनायकको भूमिकाका लागि प्रसिद्ध उनको कमेडी पनि उत्तिकै रूचाइएको थियो ।उनले करीब १ सय वटा फिल्मा अभिनय गरेका छन् । उनको मृत्युले तेलेगु फिल्म इण्डस्ट्रीमा ठूलो क्षति भएको कलाकारहरूले बताएका छन् ।

२३ भाद्र २०७७, मंगलवार १४:०९  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल